प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेको भेटवार्ता

काठमाडाैं | माघ १७, २०७९

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेको भेटवार्ता

काठमाडौं:  प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्ड भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।  उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।


यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। 


सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्‍याएर पुनः नागरिकताको प्रतिलिपि लिएका  छन्।
नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ।


रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्